दफा ३०
बन्दीलाई अदालतमा उपस्थित गराउने
(१) कुनै मुद्दामा प्रमाण वा अन्य आवश्यक कुरा बन्दीबाट बुझ्नुपर्ने भएमा वा निज संलग्न रहेको मुद्दाको सुनुवाई हुने भएमा सम्बन्धित अदालतले त्यस्तो बन्दीलाई उपस्थित गराउनु भनी सम्बन्धित कारागार कार्यालयमा तोकिए बमोजिम पत्र पठाउनु पर्नेछ।
(२): उपदफा (१) बमोजिमको पत्र प्राप्त भएमा कारागार प्रशासकले सम्बन्धित बन्दीलाई सुरक्षाकर्मीको निगरानीमा अदालतमा उपस्थित गराउनु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि: कुनै बन्दीबाट कुनै कुरा बुझ्नु परेमा वा निजले गरेको अर्को कुनै कसूरको सम्बन्धमा अनुसन्धान गर्नु परेमा सम्बन्धित अनुसन्धान अधिकारीको अनुरोधमा अदालतले कुनै बन्दीलाई उपस्थित गराउन आदेश दिन सक्नेछ। त्यसरी आदेश: दिएकोमा कारागार प्रशासकले त्यस्तो बन्दीलाई सम्बन्धित अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ।
(४) यस दफा बमोजिम बन्दीलाई अदालतमा उपस्थित गराउँदा अदालतसँग समन्वय गरी श्रव्य-दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत उपस्थित गराउन सकिनेछ।
(५) बन्दीलाई अदालतमा उपस्थित गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।